वर्षा रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी

वर्षा रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी

धीरेन्द्रप्रसाद साह,

राजविराज, साउन १ गते ।

वर्षा रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । सर्पदंशको डरत्रासले भयवित भएको छ । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएपछि मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका छन् ।

पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपीडितलाई सर्पले टोकेपछि झन आतकित भएको हो । सर्प दंशबाट घाइते तीनै जनाको उपचार गराइ घर फर्केका छन् । सर्पको टोकाइबाट गत सोमबार बाढीप्रभावित तिलाठी कोइलाडी गाउँपालिका १ का ५० वर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ वर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ वर्षिय रामकुमार यादव घाइते हुनुभएको छ ।

घरको खाटमा बसेका बेला सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् । तीनै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गरिएको छ । अत्यधिक गर्मी र लगातार वर्षापछि आएको बाढीले सर्प निस्किएर आउँदा सर्पदंशका घटनामा बृद्धि हुदै गइरहेको अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।

वर्षा र बाढीपछि सर्पदंशका ४४ जना विरामी उपचारका लागि अस्पताल भर्ना भएको र दैनिक पाँच÷सात जना सम्म सर्प टोकाइका विरामी उपचारका लागि आउने गरेको बताएको छ । यसरी आउने विरामीमध्ये अधिकांश बाढीबाट प्रभावित तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकासहित ग्रामिणवस्तीका रहेका छन ।

यता जिल्लाका अन्य अस्पताल, सर्पदंश उपचार केन्द्र तथा नीजि क्लिनिकहरुमा समेत सर्पदंशका विरामी उपचार गराउने गरेको बताइएको छ । सर्पदंशको घटना बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधि पर्याप्त भण्डारण गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्