वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु

<span class='c1'>वर्षा तथा बाढीका कारण प्रदेश नं</span> <span class='c2'>२ मा ३२ जनाको मृत्यु</span>

वीरगन्ज साउन २ । केही दिनअघि आएको वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् ।

यसैगरी तीन हजार ५७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १०४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएको सो कार्यालयले जनाएको छ ।

सप्तरीमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन भने सबभन्दा बढी रौतहटमा बाढी र डुबानमा परी बालबालिका, पुरुष तथा महिला गरी नौ जनाको मुत्यु भएको जनाइएको छ ।

वर्षा रोकिएपछि हाल स्थिति सामान्य हुँदै गएको छ । बाढी तथा डुबानमा परेका पीडितको पुनःस्थापना तथा राहत वितरणको काम भइरहेको सो कार्यालयले जनाएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्