सनराईज वैंकका सेवाग्राही महिलासँग सामुहिक मेहन्दी

सनराईज वैंकका सेवाग्राही महिलासँग सामुहिक मेहन्दी

विराटनगर २ साउन । सनराईज बैँक इटहरी शाखाले महिलाका लागि सनराइज मेहन्दी उत्सव कार्यक्रम आयोजना गरेको छ । विहीबार बैंकमा सेवा लिन आएका सेवाग्राही महिला तथा अन्यका लागि समेत मेहन्दी उत्सव आयोजना गरेको हो ।

बैंैकले नियमित वार्षिक कार्यक्रम अन्तरगत मेहन्दी उत्सव आयोजना गर्दै आएको सनराइज बैंक ईटहरी शाखाका शाखाका प्रबन्धक यादव खतिवडाले बताए । खतिवडाले देशभर रहेका ११३ वटा शाखाहरुमा साउन महिनाभर यो कार्यक्रम आयोजना गरिने भन्दै इटहरीमा यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले भने,‘‘साउन महिनामा महिलाले मेहन्दी लगाउने परम्परा नै बनेको छ । हामीले परम्पार जगर्नेका लागि सानो प्रयास मात्र गरेका हौं ।’’
खतिवडाले महिलालाई बैंकसँग नजिक गराउन तथा महिला सशक्तिरणमा सहयोग पु¥याउन यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा उधोग वाणिज्य संघ संघ इटहरीका महिला सदस्यहरु मुना तिम्सिना, रञ्जु सिग्देल लेडि जेसिज इटहरीकी अध्यक्ष सीता रसाइली एवं विभिन्न लेडी जेसीज सदस्य र सेवाग्राही महिलाले हातमा सामूहिक रुपमा मेहन्दी लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्