पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने तमोर करिडोरको ट्रयाक खोल्ने काम तिव्र

पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने तमोर करिडोरको ट्रयाक खोल्ने काम तिव्र

पाँचथर, साउन ३ । पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने पुष्पलाल लोकमार्ग अन्तर्गत तमोर करिडोरको ट्रयाक खोल्ने कामले तिव्रता पाएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको र असोजसम्म ट्रयाक खोल्ने काम सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

१४८ किलोमिटर लम्बाइ र १० मिटर चौडाइ रहेको करिडोर पाँचथरको गणेश चोकदेखि धनकुटाको मुलघाटसम्म ११२ किलोमिटर र मूलघाटबाट बराहक्षेत्र कोशी पुलसम्म ३६ किलोमिटरको दूरीको छ । अहिले विभिन्न सात खण्डमा ट्रयाक निर्माणको काम भइरहेको योजनाले जनाएको छ ।

२०७४ सालदेखि सुरु भएको आयोजनाको कूल लागत ६ अर्ब २३ करोड ४९ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्