मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बिहीबार अपरान्ह ५ बजे तिनमोहडीस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो।

पूर्वबाट पश्चिमतर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेको पानीको खाल्डोमा पर्दा मोटरसाइकल चालक गढी गाउँपालिका–६ का ३० वर्षीय राजेश्वर मण्डल घाइते भएका थिए। उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा बेलुका ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मोटरसाइकल पछाडि सवार गढी गाउँपालिका–६ का २१ वर्षीय जितेन मण्डल र २२ वर्षीय कैलाश भन्ने रामनारायण मण्डल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्