पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै केही दिन नखुल्ने

<span class='c1'>पहिरोका कारण अवरुद्ध बनेको मेची</span> <span class='c2'>राजमार्ग अझै केही दिन नखुल्ने</span>

इलाम, ३ साउन । लगातार वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै केही दिन नखुल्ने भएको छ ।

राजमार्गअन्तर्गत्को इलाम र पाचँथरको सीमामा पर्ने राँके–फिदिम सडकखन्डमा पहिरो झरेपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभीरमा झरेको पहिरो हटाएर राजमार्ग सुचारु गर्न काम भइरहेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर ध्रुवकुमार झाले जानकारी दिए ।

यात्रीहरुका लागि पैदलमार्गमार्फत् वैकल्पिक राजमार्गको व्यवस्था मिलाइएको भएपनि यातायातका साधनलाई भने भौगोलिक अवस्था अफ्ठ्यारो भएकाले वैकल्पिक बाटोको व्यवस्था मिलाउन सकिएको छैन ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी–साधनहरु बीचबाटोमै रोकिएका छन् । यात्रीहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्