लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका १५ जना इटहरीबाट पक्राउ

लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका १५ जना इटहरीबाट पक्राउ

विराटनगर, ४ साउन । लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका आदिवासी जनजाति संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रदेश १ बन्द आह्वान गर्दै शनिबार इटहरी चोकमा उत्रिएर विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धी चौलागाईले जानकारी दिए ।

संघको प्रदेश समितिले आज प्रदेश बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव भने न्यून परेको छ । धनकुटामा भइरहेको आयोगको परीक्षालाई प्रभावित पार्ने गरि बन्द गरिएपनि परीक्षालाई कुनै असर परेको छैन।
शुक्रबार साँझ संघले निकालेको र्यालीको क्रममा इटहरीमा मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्