झापा, ४ साउन । बन्दको अवज्ञा गरेको भन्दै झापामा बसमा तोडफोड भएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगत विर्तामोड नगरपालिका १० स्थित बुट्टाबारी नजिकै शनिबार बिहान बस तोडफोड भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको मे १ ख २७९५ नम्बरको बस तोडफोड भएको हो। ३ वटा मोटरसाइकलमा मास्क लगाएर आएका युवाको समूहले बसमा ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
संविधानले व्यवस्था गरेको समावेशी तथा आरक्षण कोटा लोकसेवा आयोगले कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघका आवद्ध संघ सस्था शनिबार प्रदेश नम्बर १ मा बन्दको घोषणा गरेका थिए।