भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित, ठुला पक्की घरपनि पहिरोको जोखिममा

<span class='c1'>भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित,</span> <span class='c2'>ठुला पक्की घरपनि पहिरोको जोखिममा</span>

भोजपुर, ४ साउन । भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित भएका छन् ।

गएकाे हप्ता परेको लगातारको वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् ।

भोजपुर नगरपालिकाका १४ घर परिवार, ट्याम्केमैयुङ्ग गाउँपालिकाका २६, पौवादुङ्मा गाउँपालिकाका २, आम्चोक गाउँपालिकाका ४४, रामप्रसादराई गाउँपालिकाका ९, अरुण गाउँपालिकाका १, हतुवागढी गाउँपालिकाका ३ र साल्पासिलिछो गाउँपालिकाका १२ घर परिवार विस्थापित भएका हुन् । त्यस्तै जिल्लाका विभिन्न पालिकामा १६ घर पूर्ण रुपमा क्षति भएका छन् भने ५८ घरमा आंशिक क्षति पुगेको विपद व्यवस्थापन समितिलका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरी जम्मा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते छन् । पालिकाहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । क्षतिकाे विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ दिने नेपाल सरकारले घोषणा गरेको छ । घाइतेलाई राज्यले नि:शुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै घर पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ राहतस्वरुप दिइने भएकाे छ ।

बाढी पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अथवा अर्को घर बनाउनुपर्ने बाध्यता भएमा विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेकोमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्