झापाको सामुदायिक वनमा अवैध ढङ्गले बहुमूल्य रूख कटान

झापाको सामुदायिक वनमा अवैध ढङ्गले बहुमूल्य रूख कटान

झापा,५ साउन । झापामा अवैध ढङ्गले रूख कटान भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् ।

सो सामुदायिक वनले अनुमतिबिना रूख काटेर घाटगद्दीमा थुपारेको अवस्थामा सखुवाका २६ थान गोलिया काठ जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले समितिले अवैध रुपमा कटान गरेको ३७८ क्युफिट काठ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए ।स्वीकृति बेगर रूख काटिएको जानकारी आएपछि स्थलगत अनुगमनमा जाँदा सामुदायिक वनको घाटघद्दीमा टाँचा नलगाई राखिएको अवस्थामा काठ भेटिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्