झापामा ब्राउन सुगर सहित दुइजना पक्राउ

झापामा ब्राउन सुगर सहित दुइजना पक्राउ

झापा, ५ साउन ।
झापाको मेचिनगर नगरपालिका ६ भन्सार गेट अगाडिबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार ब्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा दुईजना पक्राउ परेका हुन् ।
झापाको कमल गाउँपालिका ४ केर्खा बस्ने ३१ बर्षिय मोहन सुबेदी र पछाडी सवार सोही गाउँपालिका ३ बस्ने २८ बर्षिय युवराज गुरुङले मुखमा हाली ल्याएको ३ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्