एक साता अघिदेखि अवरुद्ध मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी संचालनमा

<span class='c1'>एक साता अघिदेखि अवरुद्ध मेची</span> <span class='c2'>राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी संचालनमा</span>

पाँचथर । एक साता अघिदेखि अवरुद्ध भएको मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी संचालनमा ल्याइएको छ ।

सडकखण्डअन्तर्गतको पाङ्ग्रेभीरमा गएको पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

सडक सञ्चालनमा ल्याइएसँगै एक सातादेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । पहिरो झर्ने क्रम भने रोकिएको छैन । झरेको पहिरो पन्छाउन स्काभेटर तैनाथ गरिएको छ ।

वर्षा नरोकिएकाले झरेको सबै पहिरो भने पन्छाउन सकिएको छैन । गत बुधबार पहिरोले राजमार्ग अवरुद्ध भएपछि पहाडि जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराई जान छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका थिए ।

सडक अवरुद्ध भएपछि गुम्बाडाँडा हुँदै राँके जाने सडकको पनि मर्मत सम्भार भइरहेको फाल्गुनन्द–३ का वडाध्यक्ष सुकविर नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्