८ भाद्र २०७६, आईतवार

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर, ७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।

मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो ।

वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आउनुभएको थियो । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस