समस्याग्रस्त ईलाम अस्पताल, स्वास्थ्य सेवामा पछाडी पर्‍यो इलाम

समस्याग्रस्त ईलाम अस्पताल, स्वास्थ्य सेवामा पछाडी पर्‍यो इलाम

इलाम, ७ साउन ।  पूर्वी पहाडी जिल्ला इलाम स्वास्थ्य सेवामा निकै पछाडि देखिएको छ । जिल्लाभरी आइसीयूसहितको एउटा पनि अस्पताल नहुँदा बिरामीलाई उपचार गर्न जिल्ला बाहिरै जानुपर्ने बाध्यता छ ।

इलामलाई पहाडि जिल्लामध्येको सुगम जिल्लाकै रुपमा चिनिए पनि स्वास्थ्य क्षेत्रमा भने निकै नाजुक देखिएको छ ।

जिल्लामा राम्रो अस्पताल नभएकाले उपचारका लागि अन्यत्रै जानुपर्ने बाध्यता भएको हो । राम्रो र आइसीयूसहितको अस्पताल नहुँदा बिरामी बाहिर या भारतमै पुग्नुपर्ने हुन्छ । एकमात्र सामुदायिक अस्पताल बन्द भएपछि समयमै उपचार नपाएर अपर्झट बिरामी भएकाहरुको उपचार नपाएरै ज्यान जाने गरेको छ ।

जिल्लामा रहेको इलाम अस्पतालको भौतिक संरचना राम्रै भए पनि पर्याप्त विशेषज्ञ डाक्टरको सेवाग्राहीहरु उपचारका लागि बाहिरै जान अभिसप्त छन् ।

इलाम अस्पताल  ५० शैयामा सञ्चालित छ । १६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि अहिले एकजना मात्र विशेषज्ञ डाक्टर छन् ।

डाक्टर बस्न नमानेपछि इलाम मात्र हैन पाँचथर र ताप्लेजुङका सेवाग्राही पनि उस्तै छन् । उपचारका लािग झापा र भारतमा जानै पर्ने भएकाले इलाम अस्पताल रेफर सेन्टर मात्र भएको स्थानीयको गुनासो छ । दरबन्दीअनुसार डाक्टर नहुँदा अस्पताल प्रशासनलाई समेत समस्या भएको छ ।

यहाँ १६ जनाको बिशेषज्ञमध्ये एक जना मेसु, एक जना विशेषज्ञ र पाँचजना एम्बीबिएसले मात्र काम गरिरहेको अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडा बताउँछन् ।

सेवा सुविधा र डाक्टरको अभावमा सामान्य बिरामीलाई पनि यहाँबाट अन्यत्रै पठाउने गरिएको छ । जिल्लामा कम्तीमा एउटा भए पनि सुविधायुक्त अस्पतालको व्यवस्था मिलाउन तीन तहका सरकारले केही पहल गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्