ईटहरीमा डेंगुको संक्रमण फैलिँदै, पेरिस टोलमा १५ जनाभन्दा बढी बिरामी

ईटहरीमा डेंगुको संक्रमण फैलिँदै, पेरिस टोलमा १५ जनाभन्दा बढी बिरामी

इटहरी,८ साउन ।  इटहरी उपमहानगरपालिकामा डेंगुको प्रकोप फैलिएको छ। इटहरी-६ स्थित पेरिस टोलमा १५ दिन अघि डेंगु देखा परेको थियो।

१५ दिन अघि सोही टोलका विनोद वाग्लेलाई देखा परेको रोगले अहिले महामारीको रुप लिइसकेको छ। स्थानीय सुरेस वाग्लेका अनुसार अहिलेसम्म १५ जनाभन्दा बढी बिरामी भइसकेका छन्।

उनीहरुको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको उनले बताए। आफू स्वयंले इटहरी उपमहानगरपालिकाका मेयर द्ववारीकलाल चौधरीलाई सम्पर्क गरेर जानकारी गराएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ छ।

मेयर चौधरीले स्वास्थ्य शाखामा जानकारी गराउने बताएको तर उपमहानगरको कुनै पनि पहल नभएको उनले बताए।

उता स्वस्थ्य शाखा प्रमुख रामशरण चौधरी आफूहरुले जनचेतनाको काम गरिरहेको बताउँछन्। डेंगुले खासै समस्याको रुप नलिएको उनको भनाइ छ। तर डेंगुका संक्रमितहरुको संख्या भने दैनिक रुपमा बढ्दै गइरहेको छ। स्वास्थ्य खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्