मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलका कक्षा ११ का बिद्यार्थीलाई भेडेटारमा वर्कशप

मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलका कक्षा ११ का बिद्यार्थीलाई भेडेटारमा वर्कशप

बिराटनगर साउन ८  ,

मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु गरेको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गरेको हो ।

करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा यसै शैक्षिकसत्रबाट संचालनमा आएको हो । स्कुलले संचालन गर्ने कक्षा ११ को कक्षा गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको हुने स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।

स्कुलले सोमबार आफ्ना नया भर्ना भएका बिद्यार्थीलाई धनकुटाको भेडेटारमा लगेर वर्कशप समेत आयोजना गरेको छ । उक्त वर्कशपमा बिद्यार्थीहरुले बिभिन्न कार्यशालामा सहभागी भएका थिए ।

स्कुलले संचालन गरेको होटेल म्यानेजमेन्टका बिद्यार्थीलाई बिराटनगरको एसिया टिक होटेलमा प्रयोगशालाको लागि बिभिन्न समयमा ल्याइने पनि प्रिन्सिपल खड्काले बताए । स्कुलको आफ्नै होटेल रहेको हुदा बिद्यार्थीलाई होटेल म्यानेजमेन्टको लागि व्यवहारिक ज्ञान प्रदान गर्न सजिलो हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्