झापाको दमकमा युवा समुह बिच ग्याङफाईट, एकजनाको ज्यान गयो दुईजना घाईते

झापाको दमकमा युवा समुह बिच ग्याङफाईट, एकजनाको ज्यान गयो दुईजना घाईते

दमक, ८ साउन । ग्याङ्गफाइट हुदाँ झापाको दमकमा आज दिउँसो एक जना युवाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक नगरपालिका २ का मानबहादुर सुब्बाको १९ बर्षिय छोरा विक्रम लिम्बुको ज्यान गएको हो ।

दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा दिउँसो २५–३० जनाको दुई समूहका युवाहरुवीच झगडा हुँदा लिम्बु माथि धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट घाईते लिम्बुको स्थानीय लाईफलाईन अस्पताल दमकमा ल्याउन साथ ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झडपमा परि घाईते मध्ये दमक २ का बिक्रम भण्डारीको लाईफलाईन अस्पतालमा उपचार हुन नसकेपछि बिराटनगर रेफर गरिएको छ भने अर्का घाईते दमक ३ का सुजन भुजेलको भने लाईफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलवार पनि सोही समूहका युवाहरुवीच झगडा भएको थियो । आज पनि बिहानै देखी सो ठाउँमा समूहमा युवाहरु भेला भएका र अपरान्ह ४ बजे तिर दुई समूहवीच झगडा हुँदा छुरी हानाहान भएको थियो । झडपका कारण खुल्न सकेको छैन् । प्रहरीले घटनामा संलग्नहरुको खोजी कार्य तीव्र वनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्