ईटहरीको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जना पक्राउ 

ईटहरीको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जना पक्राउ 

श्रावण, सुनसरी ०९ गते ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका-२ बस्ने वर्ष ४८ को डोमी चौधरी, वर्ष ४५ को झलक बहादुर कार्की, वर्ष ३७ को अनिल तामाङ, वर्ष ५८ को गोपाल निरौला, सोही उपमहानगरपालिका-४ बस्ने वर्ष ३६ को बिदुर मिश्र र सोही उपमहानगरपालिका- ५ बस्ने वर्ष २६ को मुकुन्द काफ्ले समेतलाई पक्राउ गरेको छ ।

प्रहरीले तास खेलेको ठाउबाट ३५ हजार ८ सय ८० नगद, क्याल्कुलेटर, तास १६२ पत्ती बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्