बिराटनगरको नोबेल शिक्षण अस्पतालद्वारा पाँचथर जिल्लामा एक थान एम्बुलेन्स हस्तान्तरण

बिराटनगरको नोबेल शिक्षण अस्पतालद्वारा पाँचथर जिल्लामा एक थान एम्बुलेन्स हस्तान्तरण

बिराटनगर साउन ९ , 

नोबेल शिक्षण अस्पताल विराटनगरले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भनी पाँचथर जिल्लामा एक थान एम्बुलेन्स बुधबार प्रदान गरेको छ । अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई रु ११ लाख मूल्यको बराबरको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा पाँचथर सदरमुकाम फिदिममा बुधबार आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा शर्माले क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलाई चाबी हस्तान्तरण गर्दै एम्बुलेन्स सेवा शुभारम्भ गर्नुभएको हो । हस्तान्तरण समारोहमा डा शर्माले पाँचथरका अतिविपन्न १०० बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गर्नुभयो ।

नेपाली काङ्ग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, काङ्ग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, महासमिति सदस्य ललित श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेता वीरदल राई, सङ्घीय समाजवादीका कमल हाङसरुम्वा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोक, जिल्ला समन्वय समितिका नरबहादुर गुरुङ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, गैसस महासङ्घका उपाध्यक्ष क्षोमाया तामाङलगायतले एम्बुलेन्स प्रदान गरेकामा डा शर्मालाई धन्यवाद ज्ञापनसहित प्रशंसा गर्नुभयो ।

डा शर्माले यसअघि मोरङको पथरीशनिश्चरे–९ पुलचोकस्थित त्रिपुरेश्वर शिव पञ्चायन मन्दिरलाई पनि निःशुल्क एम्बुलेन्स प्रदान गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्