झापामा विद्युतको पोल छुँदा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

झापामा विद्युतको पोल छुँदा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

झापा साउन ९ , झापाको कमल गाउँपालीकामा बिहीबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। कमल गाउँपालिका  ५ पाडाजुंगी आइतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान साडे ५ बजे तिर घर वस्तुको गोठमा घाँस लगाउन जाने क्रममा विद्युतको पोल छुँदा करेन्ट लागेर जोशीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

विद्युतको पोल अड्याउन लगाइएको फलामको तारमा पानी परेको बेला करेन्ट प्रवाह भएकाले तार छुँदा जोशीको ज्यान गएको स्थानीय शिक्षक ओमप्रकाश गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्