नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला

नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला

विराटनगर ९ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला परेका छन् ।
साउन ४ गतेदेखि हराइरहेका स्थानीय २० वर्षीय अनिष कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । मधुमल्ला बजार जान्छु भनेर हिंडेका युवक वेपत्ता भएपछि परिवारका सदस्यले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याएको अवस्थामा शव फेला परेको डीएसपी खिउजुको भनाइ छ । मंगलबारे अस्पतालमा पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाएर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले नजाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्