मालपोत कार्यालय कटारी कर्मचारी, सेवाग्राही मारमा

मालपोत कार्यालय कटारी कर्मचारी,   सेवाग्राही मारमा

उदयपुर,९ साउन । मालपोत कार्यालय कटारी, उदयपुर कर्मचारी बिहीन भएपछि सेवाग्राही मारमा परेको छ । कर्मचारी नभएपछि कार्यालय पुगेका सेवाग्राही काम नगरी फर्किन बाध्य भएको छ । कर्मचारी समायोजनका कारण कार्यालयमा ३ कार्यालय सहयोगी सहित १४ जना कर्मचारी हुनु पर्नेमा ६ जना मात्रै कर्मचारी रहेका छन् । भएका ६ जना कर्मचारी पनि नियमित कार्यालय उपस्थित नहुँदा सेवाग्राही मारमा पर्ने गरेको स्थानीय तिलकबहादुर कार्कीले बताए ।

‘कहिले कर्मचारी हुँदैन, कहिले हाकिम नै हुँदैन, कामकाज ठप्प रहेको छ ।’ मंगलवार कार्यालय पुगेका कार्कीले भने –‘कार्यालय प्रमुख र अन्य दुई जना कार्यालय सहयोगी मात्रै भेटिए ।’ निमित्त कार्यालय प्रमुख नेत्रराज भण्डारीले कोही बिदामा बसेको, कोही आउने क्रम जारी रहेकाले कर्मचारी नभेटिएको बताए । भएका कर्मचारीहरूको लापा।बाहीका कारण समयमा उपस्थित नहुँदा सेवाग्राही समस्या पर्ने गरेका छन् ।

कार्यालयमा ४ महिनादेखि मुद्दा फाँटको कामहरू हुन सकेको छैन । निमित्त कार्यालय प्रमुख शान्तिराम रिमाल ओखलढुङ्गा सरुवा भएर गएपछि फाँट शून्य रहेको छ । फाँटमा आउने सेवाग्राहीले नामसारी, पुर्जामा फोटो टाँस, पुर्जा प्रतिलिपि जस्ता सेवा लिन सकेका छैनन् । निमित्त कार्यालय प्रमुख भण्डारीले कर्मचारी ल्याउनका लागि सम्बन्धित निकायमा पहल गरि रहेको बताए ।

कर्मचारी नहुँदा कटारी नगरपालिकाको पहाडी भेग, ताप्ली गाउँपालिकाबाट आउने सेवाग्राहीहरु समेत कामै नगरी फर्किनु पर्ने बाध्यता रहेको छ । ताप्ली गाउँपालिकाका एक सेवाग्राहीले आफुले कटारी मालपोट धाएको ८ महिना पुग्न लाग्यो, कहिले हाकिम हुदैन् कहिले फाँटवाला हुदैन दुर्गम भेगबाट महंगो खर्च पिटेर आउँदा समेत काम नभएको गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्