ताप्लेजुङमा जंगलको ओडारबाट चार नाल बन्दुक फेला

ताप्लेजुङमा जंगलको ओडारबाट चार नाल बन्दुक फेला

ताप्लेजुङ, ९ साउन  । जंगलको ओडारबाट चार नाल बन्दुक फेला परेको छ । फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा ७ साउनको दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।

बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्