प्रदेश २ को सभामुख पाकेटमार्ने थुनुवा फरार, दुई प्रहरी निलम्बनमा

प्रदेश २ को सभामुख पाकेटमार्ने थुनुवा फरार, दुई प्रहरी निलम्बनमा

शिवशंङ्कर मिश्र
बारा, साउन १०  गते । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिमरौनगढ हिरासतबाट प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मार्ने एक थुनुवा फरार भएका छन् । दुई प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरीको भान्छाघरमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएका थिए । उनी फरार भएपछि प्रहरी हवलदार शशिकान्त चौधरी र प्रहरी जवान अशोक कुमार साह निलम्बनमा पर्नुभएको छ ।

फरार अभियुक्त भारतको मोतिहारी जिल्ला लिपनी–४ का स्थायी बासिन्दा १९ बर्षीय फिरोज मियाँ साउन ३ गते सभामुख यादवको पाकेट मार्दा पक्राउ परेका थिए । सिम्रौनगढको हाट बजारमा मियाँले सभामुख यादवको पकेट मारेका थिए ।

सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका बाराका प्रहरी प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताउनुभयो ।

विना सहयोगी घुमघाम गर्न बजार पुग्नुभएका सभामुख यादवको पकेटबाट भीडभाडमा स्थानीयसँग गफ गरिरहेको बेला नगद ५० हजार रुपियाँ झिकेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता रंजितसिंह राठौरका अनुसार डियूटीमा रहेको प्रहरीको लापरवाहीका कारण हिरासतबाट थुनुवा मियाँ भाग्न सफल भएको हुँदा दुईजनालाई निलम्वन गरिएको प्रवक्ता राठौरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्