भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै

<span class='c1'>भोजपुरबाट राहदानी लिनेको</span> <span class='c2'>संख्या घट्दै</span>

भोजपुर,१० साउन । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट एक हजार ४ सय ११ जना रहेका छन् ।

आर्थिक वर्ष ०७४/०७५ मा जिल्लाबाट एक हजार ८७२ र दुत्र सेवा मार्फत एक हजार ४७५ जनाले सिफारीस लिइएका छन् । आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/०७६ मा राहादानी लिनेका संख्यामा १०४ ले कमी आएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा जिल्लाबाट तीन हजार ३५० जनाले र दु्रत सेवाबाट तीन हजार ५२ जनाले राहादानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा जिल्लाबाट दुई हजार २७३ र दु्रत सेवाबाट दुई हजार २४६ जनाले राहादानी बनाएको तथ्याङ्क रहेको छ ।

जिल्ला प्रशासन कायार्लयले राहादनी लिनेको संख्यामा कमी आउनुमा बैदेशिक रोजगारी प्रतिको मोह कम गएको साथै विभिन्न व्यवसायमा संग्लन हुन थालेको लगाएत कारण रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्