विर्तामोडको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी

विर्तामोडको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी

विर्तामोड, ११ साउन। झापाको विर्तामोडको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ ।  साँझ ७ बजेबाट शुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए। आगो कुन पसलबाट शुरु भएको भन्ने अन्यौल भएकाले विर्तामोड नगरपालिकाको वारुण यन्त्रले अन्धाधुन्ध पानी फालिरहेको बताइएको छ।

धुवाँको मुस्लोले मललाई छोपेकाले आगो नियन्त्रण गर्न कठिन भएको प्रहरीले जनाएको छ। आगो निभाउन स्थानीयबासीसहित सुरक्षाकर्मी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्