विर्तामोडमा रहेको सी.के. प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका प्रसाई

विर्तामोडमा रहेको सी.के. प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका प्रसाई

विर्तामोड, ११ साउन । महामानव वी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादका ब्याख्याता स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानको अध्यक्षमा टीका प्रसाई निर्वाचित हुनुभएको छ ।
विर्तामोडस्थित प्रतिष्ठान कार्यालयमा आज सम्पन्न साधारणसभाले प्रसाईको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । प्रसाईं यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी समितिका उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा लक्ष्मी आचार्य, सचिवमा इन्दु पूर्वेली र कोषाध्यक्षमा डिल्लीप्रसाद प्रसाईं रहनुभएको छ ।
समितिका सदस्यहरुमा लीलाबहादुर बस्नेत, मुक्ति सिटौला, लक्ष्मी कोइराला (खनाल), चित्रकला ओली, लीला मैनाली, भीम राजवंशी, खगेन्द्रविक्रम नेम्बाङ र भगवान टुडु रहनुभएको छ । १५ सदस्यीय समितिका लागि समावेशी सहभागितासहित २ सदस्य समितिको पहिलो वैठकले चयन गर्नेछ ।
यसैगरी प्रतिष्ठानको सल्लाहकार सदस्यमा राजनीतिज्ञहरु डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी, उद्वव थापा, प्रतिष्ठानका पूर्व अध्यक्षद्वय कृष्ण धराबासी र लोकराज ढकाल, सुशिला ढकाल (आचार्य), विनोद बस्नेत, तुलसी कार्की, देउमान थेवे रहनुभएको छ ।
नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको नीति अवलम्बन गर्दै २०१४ सालदेखि राजनीतिमा सक्रिय बन्नुभएका सी.के. प्रसाईले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वश्वहरण सहित निर्वासनसम्मको कठोर सजाय भोग्नुभएको थियो ।
२०५० साल फागुन ८ गते सी.के. प्रसाईको निधन भएपश्चात २०५३ सालमा स्थापित प्रतिष्ठानले उहाँकोे प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता र समसामयिक राजनीतिक विषयहरु समेटेर ‘सि.के. प्रसाईका विचारहरु’ विषयक पुस्तक प्रकाशनमा ल्याएको छ । स्थापनाको लगभग १८ बर्षसम्म कृष्ण धराबासीले अध्यक्षको जिम्मेवारी संहाल्नुभएको थियो भने लगभग ७ बर्ष लोकराज ढकालले अध्यक्षको जिम्मेवारी संहाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्