बिर्तामोडको हनूमान सेन्ट्रलमा सॉझ भएको आगलागी नियन्त्रणमा

<span class='c1'>बिर्तामोडको हनूमान सेन्ट्रलमा </span> <span class='c2'>सॉझ भएको आगलागी नियन्त्रणमा</span>

विर्तामोड, ११ साउन ।  बिर्तामोडको हनूमान सेन्ट्रलमा शनिवार सॉझ भएको आगलागी नियन्त्रणमा आएको छ ।
हनुमान सेन्ट्रलको भुइतलामा दिनेश पाठकले सञ्चालन गरेको जुत्ता पसल र सामसूङ मोवाइलको डिलरमा भएको आगलागी लगभग एक घण्टापछि नियन्त्रणमा आएको हो ।
प्रहरी, स्थानीयवासी, मेचीनगर र बिर्तामोडको दमकलले आगलागी नियन्त्रणमा लिएको हो । आगजनीबाट जुत्ता पसल पुर्णरुपमा क्षति भएको र मोवाइल पसलमा आंशिक क्षति भएको बिर्तामोड प्रहरीका डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरी, स्थानीयवासी र दमकलको सक्रियताका कारण आगो अन्यस्थानमा फैलिन नपाएको उनले बताए ।

आगजनी नियन्त्रण गर्ने क्रममा अन्य पसमा पनि क्षति पुगेको बताइएको छ । बिद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्