बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति

बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति

काठमाडौं, साउन १३ । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का ८ जिल्लामा कृषितर्फ १ अर्ब ९७ करोड तथा पशुपंक्षीतर्फ १ अर्ब ६२ करोडको क्षति भएको प्रारम्भिक अनुमान मन्त्रालयको छ । बाढीका कारण हाँस कुखुरा, बाख्रा, गाई लगायत गरी ८९ हजार २८९ पशुपंक्षी मरेको तथा माछापोखरीतर्फ २ हजार २ सय ३० हेक्टर क्षेत्रफल प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

पशुपंक्षीको गोठ तथा खोरमा पनि ठूलो क्षति पुगेको जनाएको छ । सिरहा र सप्तरीमा सबैभन्दा धेरै ९७ करोड रुपैयाँ बराबरको पशुपंक्षीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा कृषितर्फ ७७ हजार ३४ हेक्टर क्षेत्रफलमा भएको खेतीमा असर परेको मन्त्रालयले जनाएको छ । कृषितर्फ धान ब्याड तथा अन्य तरकारीमा १ अर्ब ९७ करोड बराबरकाको क्षति भएको छ । मन्त्रालयले विस्तृत विवरणका लागि स्थानीय तहमा पत्राचार गरेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्