मोरङको धनपालथानमा पोखरीमा डुबेर नाबालकको मृत्यु

<span class='c1'>मोरङको धनपालथानमा पोखरीमा</span> <span class='c2'>डुबेर नाबालकको मृत्यु</span>

विराटनगर, १३ साउन । मोरङको धनपालथान गाउँपालिका–७ मुस्लिम टोलमा पोखरीमा डुबेर १५ महिनाका नाबालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा डुबेर शिवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा छाडेर अभिभावक काम गर्न खेतमा गएका बेला हिजो नाबालक घरैबाट बेपत्ता बनेका थिए । खेतबाट फर्किएर खोजतलास गर्ने क्रममा राति १० बजे घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा अभिभावकले शव फेला पारेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताउनु भयो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्