सुनसरी, १३ साउन ।
सुनसरीको बर्जुबाट १२ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० बर्षीय बिकेश कुमार राय १२ केजी लागु औषध गाँजा सहित पक्राउ परेका हुन् । सुनसरी बर्जु गाउपालिका ३ केशलिया खोला छेउ नेपाल भारत सिमा क्षेत्रमा पक्राउ परेका हुन् । चेकजाँच गर्ने क्रममा खटिएको प्रहरी टोलीले दुई वटा कालो ब्यागमा लैजाँदै गरेको अबस्थामा रायलाई पक्राउ गरेको हो । रायले सिलप्याक गरेको १–१ किलोको १२ पोका गाँजा फेला पारेपछि उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले रायको साथमा भएको २ वटा मोबाईल समेत बरामद गरी उनि उपर लागू औषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।