आइसिटी अवार्ड २०१९ को टप ५ मा बिराटनगरको “डेल्टा सेल्स एप” 

आइसिटी अवार्ड २०१९ को टप ५ मा बिराटनगरको “डेल्टा सेल्स एप” 

बिराटनगर साउन १५ , आइसिटी अवार्ड २०१९ को टप ५  मा बिराटनगरको डेल्टा सेल्स एप पनि पर्न सफल भएको छ ।

आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्डमा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका थिए । यसबाट उत्कृष्ट ५ मा विधाना, डेल्टा सेल्स एप, इन्सपेला, एमबैंक र मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस पर्न सफल भएका छन् ।

यस्तो छ डेल्टा सेल्स एप 

२०१८ को अक्टबरमा लञ्च भएको डेल्टा सेल्स एप डेल्टा टेक प्रालिको प्रडक्ट हो । बिटुबी सफ्टवेयर एज अ सर्भिस (SaaS) मा आधारित यो सफ्टवेयरमा अर्डर, पेमेन्ट कलेक्सन, एटेन्डेन्स, खर्च रिपोर्टिङ, एक्टिभिटिज, रिमाइन्डर, बिट रुट प्लानिङ र जिपिएस बेस्ड ट्राकिङ आदि विशेषता रहेका छन् । यसको मुख्य जोड नै सेल्स सर्भिस बिजनेश टेवा पुर्याउनु हो । सेल्समेनले आफ्नो गतिविधि अपडेट गर्न यसको एन्ड्रोइड एप प्रयोग गर्दछन् र म्यानेजरले वेब इन्टरफेस गर्दै सजिलै रिपोर्ट प्राप्त गर्दछन् । यसमा डिस्ट्रिब्युटर, होलसेलर र रिसेलरका लागि सेल्स अर्डर म्यानेजमेन्ट सजिलै गर्न सकिन्छ । अफलाइनमा समेत चलाउन मिल्ने यो एप नेपालका धेरै कन्जुमर भएका केही कम्पनीहरु प्रयोग भइसकेको छ ।

बिराटनगरमा बनेको उक्त एपले छोटो समयमा नै धेरैलाई सुबिधा दिन सफल भएको डेल्टा टेककि निर्देशक एकता गोल्छाले जानकारी दिइन।

डेल्टा सेल्स एपलाई भोट गर्न यसो गर्न्नुहोस !

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्