वाकओभर पाउँदा पारिजात महिला फुटबल क्लब सेमिफाइनलमा

वाकओभर पाउँदा पारिजात महिला फुटबल क्लब सेमिफाइनलमा

झापा, १७ साउन ।  झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी एक नम्बर प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा अन्तर्गत पारिजात महिला फुटबल क्लब अर्र्जुनधाराले वाकओभर पाएको छ।वाकओभरसँगै पारिजातले प्रतियोगिताको अन्तिम ४ स्थान सुरक्षित गरेको छ। बिहीबार हुने भनिएको मोरङको उर्लाबारी महिला फुटबल क्लब अनुपस्थित भएपछि झापाको पारिजात महिला फुटबल क्लबले वाकओभर पाएको हो। पारिजात प्रतियोगिताको उपाधिका लागि दाबेदार टिम पनि आँकलन गरिएको छ।

झापाको अर्जुनधारा नगरपालिकाका खेलाडी सम्मिलित पारिजात महिलातर्फ जिल्लाको अब्बल टिमको रुपमा रहँदै आएको छ। आयोजकका अनुसार शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेल झापा महिला फुटबल क्लब झापा गाउँपालिका र रोयल क्लब दमकबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल सतासीधाम फुटबल क्लब र सुरुंगा फुटबल क्लब झापाबीच हुने आयोजक समिति शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ।

प्रतियोगितामा झापा, इलाम र मोरङ्गका १० महिला फुटबल टिम सहभागी छन्। विजेता टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्