स्वास्थ्य ‘ब्लड बैंक’ स्थापनाका लागि रकम जुटाउँदै महिला समूह

<span class='c1'>स्वास्थ्य ‘ब्लड बैंक’ स्थापनाका लागि</span> <span class='c2'>रकम जुटाउँदै महिला समूह</span>

संखुवासभा,१७  साउन ।    दुर्घटनामा परेर गम्भीर घाइते भएका तथा अप्रेसन गरिएका गर्भवती र रक्त अल्पतालगायतका बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ। जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा खाँदबारी अस्पताल आउने बिरामीले लाखौँ रकम खर्च गरेर धरान, विराटनगर, इटहरी जस्ता ठूलो शहर जानु पर्ने बाध्य छ। २०५३ सालमा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यसले ब्लड ग्रुप छुट्याउने र दाता खोज्ने काम गरी रहेको छ।

जोखिममा परेका बिरामीको ज्यान बचाउन सिर्जनशिल सामुदायिक विकास केन्द्रले रक्त सञ्चार केन्द्र स्थापना गर्न रकम संकलन तीव्र पारेको छ। सिर्जनशिल सामुदायिक केन्द्रले गत मंसिर २ गते मनकामना धाममा लागेको एकादशी मेलाबाट महिलाहरुको समूहले आर्थिक रमक संकलनलाई निरन्तरता दिइरहेका छन्। महिला समूहको संस्थाले चिया बिक्रीबाट २९ हजार ५ सय रुपैयाँ रकम संकन गरेको थियो। चिया बिक्रीबाट सुरु गरिएको अभियानले रक्त सञ्चार केन्द्र स्थापना गर्न  हालसम्म पाँच लाख १५ हजार रुपैयाँ सहयोग संकलन गरको सिर्जनशिल सामुदायिक विकास केन्द्रकी अध्यक्ष राधादेवी बस्नेतले जानकारी दिइन्। 'हामीले विशेष गरी दुर्घटनामा परेका र गर्भवती महिलाको अकालमै ज्यान गुमाउन परेको छ' केन्द्रकी अध्यक्ष बस्नेतले भनिन् 'ब्लड बैंक स्थापना गर्न सकियो भने विरामीको ज्यान जोगिने मात्र होइन लाखौ खचै गरेर अन्यत्र जानु पर्न बाध्यता समेत हट्ने छ।' जटिल प्रकारका बिरामीको तत्कालै उपचार गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि लाखौ खर्च गरेर अन्यत्रै जानु पर्ने बाध्यता छ।

महिला समूहले ब्लड बैंक स्थापन गर्न देश तथा विदेशमा रहने संखुवासभालीसँग रकम संकलन तीव्र भइरहेको उनको भनाइ छ। पछिल्लो समय गर्भवती महिलाको ज्यान उच्च जोखिमका पर्ने भएका कारण महिला नै सक्रिय भएर ब्लड बैंक स्थापना अभियानमा अगाडि बढेको महिला समूहकी अध्यक्ष राधादेवीले बताइन्। जटिल उपचार गर्नु अघि तयारी अवस्थामा रगत समूह मिल्ने सेना र प्रहरीलाई राख्नु पर्ने बाध्यता छ। रक्त सञ्चार केन्द्र स्थापना गर्न कुनै पनि निकाय अघि नबढेका कारण महिला समूहले अगुवाइ गर्न परेको महिला समूहकी सचिव बविता कटुवालले जानकारी दिइन्। महिला समूहले विभिन्न सामाजिक सञ्चाल मार्फत सहयोगका लागि अपिलसमेत छ। रेडक्रस सोसाइटीले ०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गरेपनि ब्लड बैंक स्थापना हुन सकेको छैन।

जिल्ला अस्पतालमा बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ। रक्तसञ्चार भवन र आधुनिक उपकरणका लागि शाखाले केन्द्रीय कार्यालयमा पटक-पटक अनुरोध गरे पनि सुनुवाइ नभएको नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोज कुमार बज्राचार्यले जानकारी दिए। रेडक्रसले आकस्मिक रक्त सञ्चार सेवाका लागि एक ल्याव असिस्टनेन राखेर  २४ सैं घण्टा सेवा दिइरहेको सभापति बज्राचार्यले बताए।  हालसम्म ५५ लाखमा ५ लाख संकलन रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्न सिर्जनशिल सामुदायिक विकास केन्द्रले हाल सम्म पाँच लाख १४ हजार रुपैयाँ रकम संकलन गरेको जनाएको छ। सामुदायिक विकास केन्द्रले देश, विदेशमा रहेका विभिन्न व्यक्तिमार्फत सहयोग संकलन गदै आएको महिला समूहकी अध्यक्ष बस्नेतले जानकारी दिइन्। जिल्लाबासी मात्र नभएर अन्य जिल्लाका विभिन्न व्यक्तिबाट रक्त सञ्चार केन्द्र स्थापनाका लागि आवश्वक उपकरण खरिद गर्न सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।

यसै आर्थिक वर्षमा जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बस्नेतको भनाइ छ। महिला समूहले नेपाल रेडक्र सोसाईटी जिल्ला शाखा संखुवासभासंगको सहकार्यमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने प्रयास भएको समूहले जनाएको छ। रक्त सञ्चार केन्द्र स्थापनाका लागि पर्शुराम नगरपालिका डडेलधुराका मेयर भीमबहादुर साउद, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मिता थापा पण्डे, अमेरीका निवासी धर्म श्रेष्ठ लगायतकका १६ जनाले आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ। सहयोगीहरूले एक लाख रुपैयाँसम्म सहयोग गरेका छन्। ‘नेपाल रेडक्रस सिर्जनशील सामुदायिक विकास रक्त सञ्चार सेवा’ को राष्ट्रिय वाणिज्य बैंकको खाता २०८०००६३१७०१ मार्फत सहयोग जुटाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्