सुनसरी, १७ साउन । सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पूर्याउदा चिकित्सकले मृत्यु भईसकेको भनि जानकारी गराएका थिए । पछी मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेको थिए ।