धरानका २८ वर्षीय युवा १० दिनदेखि बेपत्ता

धरानका २८ वर्षीय युवा १० दिनदेखि बेपत्ता

धनकुटा, १७ साउन । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । उनी गएको साउन ८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारका सदस्यले जनाएका छन् । २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् ।

बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका धरानका डिएसपी ढुंडिराज न्यौपानेले बताए । ‘खोज्ने क्रममा भोजपुरको कट्टी डाँडामा सन्देशको मोवाईल ‘लोकेसन’ देखियो । त्यसपछि आसपास क्षेत्रका प्रहरीसँग समन्वय गरेर खोज्यौ । तर, अहिले मोवाईल अफ रहेकाले खोज्न गाह्रो भई अझै फेला पार्न सकिएको छैन ।’ डिएस्पी न्यौपानेले भने ।

परिवार र आफन्तहरुले पनि उनको खोजी जारी राखेका छन् । तर, अझैपनि कुनै अत्तोपत्तो नलागेको बेपत्ता सन्देशकी बहिनी रुबिनाले बताईन् । ‘धेरैतिर खोजि गरिसक्यौ । दाजुको केहि पत्तो लागेको छैन ।’ उनले भनिन् ‘कसैले देख्नु वा भेट्नु भयो भने सम्पर्क गरेर सहयोग गरिदिनुहोला ।’

सन्देश परिवारका एक्लो छोरा हुन् । बावुको निधनपछि आमा र दुई बहिनी छन् । बेपत्ता सन्देशको अझैसम्म पनि केहि पत्तो नलागेपछि आफुहरु अन्यौलमा परेको बहिनी रुबिनाले दुखेसो सुनाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्