दमकमा बन्ने ‘औद्योगिक पार्क’काे डीपीआर तयार गर्न चिनिया कम्पनीलाई अनुमति

<span class='c1'>दमकमा बन्ने ‘औद्योगिक पार्क’काे डीपीआर</span> <span class='c2'>तयार गर्न चिनिया कम्पनीलाई अनुमति</span>

काठमाण्डाै, १७ साउन  । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासामा रहेकाे एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने अनुमति दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले औद्योगिक पार्क निर्माणका लागि चीनको कम्पनीलाई डीपीआर तयार पार्न अनुमति दिएको हो । ६४ अर्ब नेपाली रुपैँयामा निर्माण हुने पार्कको डीपीआर तयार पार्ने स्वीकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सीजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनु भयो ।

त्यसैगरी तमोर जलाशययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिन भित्र चाइना कन्सट्रक्सन पावर र जापान–कतारको ज्वाइन्ट भेन्चरमा सञ्चालित एउटा कम्पनीलाई प्रस्ताव पेश गर्न पनि आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2