ओखलढुंगामा रक्सी भनेर तेल खाँदा एक जनाको मृत्यु

ओखलढुंगामा रक्सी भनेर तेल खाँदा एक जनाको मृत्यु

रामहरि श्रेष्ठ

 

ओखलढुंगा साउन १९

ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३९ बर्षिय मकर तामाङ रहेको वडा अध्यक्ष हेम कुमार सुनुवारले बताए । शनिबार बिहान तामाङले मदिरा भनि मछिनोको तेल सेवन गरेको पारिवारीक श्रोतलाई उदृत गर्दै वडा अध्यक्ष सुनुवारले बताए ।

शुक्रबार बेलुकादेखी नै मदिरामा मात्तिएका तामाङले बिहानीपख तेल सेवन गरेको उनको भनाई छ । मृतक तामाङले बिगत नौ बर्षदेखी पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए ।

उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनि सेवन गरेपछि बिरामी परेको र परिवार तथा स्थानियको सहयोगमा उद्धार गरी अस्पताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको वडा अध्यक्ष सुनुवारको भनाई छ ।

मृतक तामाङको शवलाई पोष्टमाटमका लागी लैजान कानुनी प्रकृया पुरा गर्न लगिएको पारिवारीक श्रोतले जनाएको छ । तामाङका हाल दुई छोरा र दुई छोरी छन् । मछिनोको तेल बिषेश गरी हातखुट्टा ठोक्किएको र मर्किएको भागमा लगाएर मालिस गर्नमा प्रयोग गरिन्छ । यसको बजारमूल्य हाल प्रति लिटर ८ हजार रुपौया रहेको छ । यसको बजार अन्तराष्ट्रिय स्तरमा चिनसम्म रहेको बिज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्