रक्सी भनेर तेल खाँदा एकको मृत्यु

<span class='c1'>रक्सी भनेर तेल</span> <span class='c2'>खाँदा एकको मृत्यु</span>

ओखलढुंगा, १८ साउन ।  मोलुङ गाउँपालिका-७ पात्लेमा मछिनोको तेल खाँदा एक जनाएको मृत्यु भएको छ। शनिबार रक्सी भनेर मछिनोको तेल खाँदा ३९ वर्षीय मकर तामाङको मृत्यु भएको हो।

वडा अध्यक्ष हेमबहादुर सुनुवारले मदिरा भनेर मछिनोको तेल खाँदा ज्यान गएको जानकारी दिए। शुक्रबार साँझदेखि नै मदिराले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुन सक्ने सुनुवारको अनुमान छ।

मृतक तामाङ नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए। उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनेर पिउँदा बिरामी भएका थिए। उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको सुनुवारको भनाइ छ।

शव पोष्टमाटमका लागि रुम्जाटार अस्पताल पठाइएको छ।  तामाङका दुई छोरा र दुई छोरी छन्। मछिनोको तेल वशेष गरी हातखुट्टा ठोक्किएको र मर्किएको भागमा लगाएर मालिस गर्न प्रयोग गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्