पौवादुङ्मा गाउँपालिकाका वडाअध्यक्ष पाण्डेको मृत्यु , प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधि ७ पुगे

पौवादुङ्मा गाउँपालिकाका वडाअध्यक्ष पाण्डेको मृत्यु , प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधि ७ पुगे

भोजपुर, १९ साउन । भोजपुरको पौवादुङमा गाउँपालिका-१ का अध्यक्ष रुद्र बहादुर पान्डेको मृत्यु भएको छ। ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार अपरान्ह निधन भएको गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन्।

पाण्डेसँगै प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधि ७ पुगेका छन्। यीनमा तीन स्थानीय सरकार प्रमुख छन्। अन्य चारजना वडा अध्यक्ष हुन्। प्रदेश १ मा धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभाको मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुननन्द गाउँपालिका अध्यक्ष अमर बहादुर नेम्बाङको मृत्यु भइसककेको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-७, पाँचथरको हिलिहाङ गाउँपालिका-७, मोरङको धनपालथान गाउँपालिका-२ का वडाअध्यक्षहरूको मृत्यु भइसकेको छ। ती स्थानमा यही मंसिर ४ गते उपनिर्वाचन हुने मिति तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्