ठेकेदारकाे लापरबाहीले ओखलढुंगा-रुम्जाटार सडकको काम अलपत्र

ठेकेदारकाे लापरबाहीले ओखलढुंगा-रुम्जाटार सडकको काम अलपत्र

ओखलढुंगा, साउन २० । हरेक विकासमा निर्माण कम्पनीको लापरवाही जोडतोडका साथ उठ्ने गरेको छ । तर, पनि कारवाही हुन नसक्दा जुनसुकै निर्माणको काम सुस्त बन्ने गरेको छ । यस्तै समस्या ओखलढुंगा–रुम्जाटार सडकको पनि छ । सिद्धिचरण नगरपालिका रमाईलो डाँडादेखि विमानस्थलसम्मको सडक अलपत्र छ ।

सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडादेखि वडा नम्बर ४ रुम्जारटार बिमानस्थलसम्मको ११ दशमलव १ किलोमिटर मोटरबाटो कालोपत्रे हुन सकेको छैन । दुई पटक म्याद थप्दा समेत काम हुन नसकेको स्थानीयको गुनासो छ । १८ महिनामा सक्नु पर्ने काम २ वर्षसम्म पुरा नहुँदा स्थानीयले सास्ती पाएका छन् ।

सडक निर्माणको जिम्मा पाएको तामाङ्ग कुमार जे.भीले विभिन्न बहाना देखाउने गरेको स्थानीय बताउँछन् । ११ दशमलव १ किलोमिटर सडक–खण्ड कालोपत्रेका लागी २०७४ जेठ २३ गते ठेक्का सम्झौता भएको थियो । उक्त काम २०७६ जेठ १६ गतेभित्र काम सक्नु पर्ने थियो । तर काम नसकिएकाले अझै म्याद थप गरिएको छ । सामाग्रीको अभाव देखाएर काम नभएको बताइएको छ । । ठेकेदार कम्पनीले सामाग्रीको अभाव देखाउदै काम रोकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

चार किलोमिटर सडकखण्डमा मात्रै कालोपत्रे गरिएको छ । तर निमार्ण कम्पनी तामाङ्गका कुमार जेभीले लेखजङ्ग थोकरले समयमा बिटमिन नपाएको बताएको छ ।

सडकको भ्याट सहित कुल २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँको लागतमा कम्पनीले ठेक्का लिएर काम थालेको हो । प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत कालोपत्रेको काम सुरु गरिएको थियो । तर काम भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्