डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीद्वारा पक्राउ

डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीद्वारा पक्राउ

लहान, साउन २० गते ।

डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो ।

डाँका मुद्दामा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि गत शनिवार पनि डाँका मुद्दामा गत २०७६ वैशाख महीनादेखि फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी ३० वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरिएको थियो । आफ्नै घर वरिपरि लुकिछिपी बसिरहेको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्