पूर्वमा क्यानाडा पठाई दिन्छु भन्दै ठूलो संख्यामा युवा युवतीलाई ठग्ने रामबहादुर समातिए

<span class='c1'>पूर्वमा क्यानाडा पठाई दिन्छु भन्दै ठूलो</span> <span class='c2'>संख्यामा युवा युवतीलाई ठग्ने रामबहादुर समातिए</span>

बिर्तामोड साउन २१ ,

क्यानाडा पठाई दिन्छु भन्दै ठूलो संख्यामा युवा युवतीलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले मोरङको उर्लाबारीका रामबहादुर खड्कालाई पक्राउ गरेको छ ।

खड्काले आफू क्यानाडाको स्थायी वासिन्दा भएको र वुवा विरामी भएर नेपाल आएको बताउँदै रकम संकलन गरेका थिए । आफु केही दिनमै क्यानाडा जाने र त्यहाँ पुगेपछि दुई लाख दिए क्यानाडा लाने भन्दै युवा युवतीलाई ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
खड्काले प्रदेश नम्बर १ का झण्डै ५० जना युवा युवतीबाट दुई लाख रुपैयाँका दरले रकम उठाएको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । इप्रका अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले खड्कालाई मेचीनगरस्थित काँकरभिट्टाबाट पक्राउ गरेको थियो ।

खड्काले फेसवुक, भाइवरलगायतका सामाजिक सञ्जालमा साथी बनाउने र उनीहरुसँग नजिक हुँदै घरसम्म पुगेर विश्वासमा पार्दै क्यानाडा लाने आश्वासन देखाएर ठगी गर्ने गरेको आरोप छ । पक्राउ परेका खड्कालेसमेत ४५ जनाबाट दुई लाख रुपैयाँको दरले रकम असुलेको स्वीकार गरेको इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्