पोखरीमा डुबेर झापामा बालिकाको मृत्यु

<span class='c1'>पोखरीमा डुबेर झापामा</span> <span class='c2'> बालिकाको मृत्यु</span>

झापा,  २१ साउन । पोखरीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूको १४ महिनाकी छोरी साखिम लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मंगलबार दिउँसो घर नजिकैको माछा पोखरीको छेउमा खेल्ने क्रममा नाबालिका साखिम सोही माछा पोखरीमा परी डुबेर बेहोस भएको थियो। डुबेर बेहोस भएका साखिमलाई उपचारका लागि बिर्तामोड लैजानै क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। यता घटनाको विषयमा कानुनी प्रक्रिया पूरा गरी नाबालिकाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्