उपमेयर कपको फाइनलमा पारिजात, सुस्मिताको ह्याट्रिक

उपमेयर कपको फाइनलमा पारिजात, सुस्मिताको ह्याट्रिक

झापा, २२ साउन । झापाको शिवसताक्षीमा जारी एक नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबलको मंगलबारको खेलमा पारिजात महिला एफसी सालबारी फाइनलमा प्रवेश गरेको छ। सुस्मिता लेप्चा मैदानमा चम्किँदा पारिजात प्रतियोगिताको अन्तिम दुईमा पुगेको हो। पारिजातले कनकाई नगरपालिकाको सुरुङ्गा महिला एफसीलाई ३–० को गोलले पाखा लगाउँदै प्रतियोगिताको अन्तिम दुईका लागि स्थान पक्का गरको हो।

जितका लागि सुस्मिता लेप्चाले ह्याट्रिक गरिन्। पहिलो हाफको ३३ औं मिनेटमा शिवानी शर्माको क्रस पासबाट उनले गोल गर्दै खाता खोलेकी थिइन्। दोश्रो हाफको ५० आंै मिनेटमा लेप्चाले सिङ्गल गोल गर्दे टिमलाई २–०को अग्रता दिलाइन्। उत्तराद्र्धको ७१ औं मिनेटमा पुनः लेप्चाले डि एरिया बाहिरबाट प्रहार गरेको बलले सुरुङ्गा एफसीतर्फको गोलपोष्टको जाली चुम्दै गोलमा परिणत भएपछि उनले ह्याट्रिक पूरा गरिन्। खेलको उमन अफ दि म्याच पनि ह्याट्रिककर्ता लेप्चा घोषित भइन्।

खेलको ५१ मिनेटमा सुरुङ्गा एफसीकी खेलाडी सुस्मिता चौधरीले एन्फा रेफ्री इजु तामाङलाई अपशब्द बोलेपछि रातो कार्ड पाएर मैदान छाडेकी थिइन्। १० खेलाडीमा सीमित भए पनि सुरुङ्गा महिला एफसीका खेलाडी मैदानमा झनै आक्रामक देखिएका थिए। तर, गोल गर्न भने सकेनन्।

प्रतियोगिताको ५१ हजार पुरस्कार राशीका लागि बिहीबार पारिजात महिला एफसी सालबारीले झिलझिलेको सतासीधाम स्पोर्टिङ्ग क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

एक नम्बर प्रदेशस्तरीय महिला फुटबल नकआउटमा झापा, इलाम र मोरङका १० महिला टिमले सहभागिता जनाएका छन्। मंगलबारको विजेता पारिजात पहिलो चरणको खेलमा मोरङको उर्लाबारी महिला एफसी मैदानमा नआएपछि वाकओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्