भोजपुरमा पनि एक जना डेङ्गुको बिरामी फेला परे

भोजपुरमा पनि एक जना डेङ्गुको बिरामी फेला परे

भोजपुर  साउन २२ , पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि एक जना डेङ्गुको बिरामी फेला परेका छन् ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. ३ अन्नपूर्ण भामलाकी ३७ वर्षीय हेमगङ्गा लुइटेललाई डेङ्गुको सङ्क्रमण देखिएको हो ।

केही समयअघिबाट बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याइएकी लुइटेलमा डेङ्गुको सङ्क्रमण देखिएको वडा नं.३ का अध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए ।

सङ्क्रमित लुइटेलको विराटनगरमा उपचार भइरहेको छ । गाउँपालिकामा डेङ्गु देखिएपछि थप सजगता अपनाइएको गाउँपालिका अध्यक्ष युवराज राईले बताए ।

राईले भने, ‘हाम्रो गाउँपालिकाका एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ, स्थानीयलाई सजग रहन आग्रह गरेका छौं भने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ जिल्लामा डेङ्गुको बिरामी भेटिएपछि स्थानीयमा त्रास छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्