भोजपुरको टक्सारमा नेपाल एयरलाइन्सको विमान उडानको सफल परीक्षण

भोजपुरको टक्सारमा नेपाल एयरलाइन्सको विमान उडानको सफल परीक्षण

भोजपुर, २३ साउन । जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई १२)ले आज परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिए ।

वाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल अनुकूल पाइएको प्रतिक्रिया दिनुभएको निगमले जनाएको छ । नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ ।

अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर हप्तामा दुई  दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्