धरानको बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना घाईते, टेम्पोमा क्षती

धरानको बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना घाईते, टेम्पोमा क्षती

सुनसरी, २३ साउन । धरानस्थित बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना गम्भीर घाइते भएका छन् । प्रतिष्ठानभित्रको रुख ढलेर किच्दा दुईजनाको गम्भीर घाइते भएका हुन् ।

सडकमा हिँडिरहेका एकै परिवारका दुईजना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रुख ढल्दा प्रतिष्ठानभित्र छिरेको टेम्पोमा पनि क्षति पुगेको छ । गम्भीर घाइते हुनेहरूमा धनुषाको जनकपुर उपमहानगरपालिका १४ मुझेलिया चौक घर भएका वर्ष २० की अञ्जना यादव र वर्ष २२ का जितेन्द्र यादव रहेका छन् । उनीहरू दुवैजना श्रीमान्, श्रीमती हुन् । उनीहरूको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिष्ठानको तेस्रो भवन (बिलिङ काउन्टर) अगाडीको पार्किङको छेउमा रहेको सालको रुख ढलेर को२ह ५५७५ टेम्पोलाई पनि किच्न पुगेको थियो ।
यसअघि पनि हावाहुरीले रुख लडाउँदा त्यही कार्यरत् एक डाक्टरको मृत्यु भएको थियो । त्यतिबेला टेनिसकोर्ट अघि रुख ढलेर किच्दा प्रतिष्ठानको एनाटोमी विभागकी जुनियर रेजिडेन्ट २७ वर्षीय डाक्टर रञ्जना देवकोटाको मृत्यु भएको थियो ।
त्यतिबेला एक्कासी ठुलो हावाहुरी चलेको थियो । त्यतिबेला देवकोटासहित तीन जना साथी बाटोमा हिँडिरेका थिए । रुख ढल्दा उनी किचिए पनि साथीहरु भने सकुशल नै रहेका थिए । यसअघि प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दै भविष्यमा घटना दोहोरिन नदिन सचेतता अपनाउने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्