झापामा भरुवा बन्दुकसहित एक जना पक्राउ परे

झापामा भरुवा बन्दुकसहित एक जना पक्राउ परे

झापा साउन २५ । जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

वनभित्र रहेका वन्यजन्तुको शिकार गर्न राई बन्दुक लिएर गएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्