मोरङको राजघाटमा खानेपानी तथा सरसफाई योजना अलपत्र

मोरङको राजघाटमा खानेपानी तथा सरसफाई योजना अलपत्र

- बिजय धिमाल
उर्लाबारी  साउन २५ , मोरङको उर्लाबारीमा रहेको राजघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माण कार्य कछुवाको गति लिएको स्थानियको भनाई छ ।
निर्माण कार्य २०६५ साल देखि कार्यसुरु गरिएता पनि ढीलासुस्ती भएकै हो । दश वर्षे योजना एघार वर्ष पुग्दा समेत संचालनमा नआएको भन्दै स्थानिय जागरुक भएका छन । खानेपानी निर्माणका लागी उक्त पाँच कठ्ठा जमिन स्थानिय रामप्रसाद धिमालले दान दिएका थिए । उपभोक्ता समितिबाट निर्माण स्थललाई बेवास्था गरिएको देखिन्छ त्यहाँको स्थलगत अवस्था हेर्दा । मेन गेट पुरै खियालागेको, भवन भित्र झारपात, भवनको ढोकाहरुमा पुरै धमिरा लागेको र परिसर भित्र पुरै काँसैकास घारी भएको जिर्ण अवस्था देख्दा हाल सम्म समितिका कोही पनि त्यस तर्फ नगएको पुष्टी हुन्छ । र एघार वर्ष सम्म आइपुग्दा न कुनै साधारणभा नै भएको छ नत जनतालाई केही जानकारी ।

वडा नम्बर ८ र ९ का जनता सुद्ध पानी पिउने पर्खाइमा विगत वर्ष देखि लालायीत छन तर समिति भने बेखबर र बेवास्था अवस्थामा छन । यी वडाका जनता लेदो वा रातो पानी विगत देखि स्वनिर्मित फिल्टर बनाई पिउने, कपडा धुने र नुहाउने गर्दै आएको अवस्था छ । यतिका वर्ष सम्म जनताको घर घरमा पानी पुग्नुपर्ने हो के कारणले पुग्न सकेको छैन ? हामी जनताको कम्जोरी हो या उपभोक्ता समितिको ? यस समितिमा बिशिष्ट व्यक्तिहरु नै हुनुहुन्छ तर केमा चुक्नु भएइरहेको छ ? भन्दै स्थानिय इन्द्र लामाको प्रश्न छ । काठमाण्डौको मेलम्ची झै राजघाट खानेपानीको पनि अवस्था भएको महसुस गर्दै के कतीको योजना हो हामी स्थानियलाई पनि जानकार हुनपर्ने जानकरी पाएका छैनौ र हाल सम्म पाइप लाईन बिस्तार गर्ने कुनै चहलपहल नभैरहेको स्थानिय मात्रिका पौडेल भनाई छ । यो योजना ढिलो र जिर्ण अवस्थामा रहनु भनेको उपभोक्ता समितिकै कम्जोरी रहेको स्थानिय सुरेन्द्र सेर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्